सरोकारवालालाई सरसफाई सचेतना तालिम


युनिसेफको सहयोग तथा वतावरण र जनसंख्या संस्था (एन्फो) को आयोजनामा दुईदिने सरकारवालाहरुका लागि सरसफाई सम्बन्धी तालिम शुरु भएको छ । थाहानगरको शिखरकोटमा शुरु भएको तालिममा वडा नागरिक मञ्चका संयोजकहरु, स्थानीय निकाय, गैरसरकारी संस्थाका प्रतिनिधि र शिक्षकहरुको सहभागिता रहेको छ ।
सहभागीहरुलाई रामेश्वर अधिकारी र सबुना गमालले सहजीकरण गरिहेकाछन् । कार्यक्रमका सहभागीहरुलाई एन्फोका जिल्ला कार्यक्रम संयोजक भिष्मराज खत्रीले स्वागत गरेका थिए । एन्फोले विनासकारी भूकम्पपछि मकवानपुरको थाहानगर, गोगने, डाँडाखर्क र नामटार गाविसमा सरसफाइ सम्बन्धी काम गरिरहेका फिल्ड संयोजक किरण महर्जनले जानकारी दिए । 

 यो पनि पढ्नुहोस्


All news in One Place