अर्याललाई बधाई
धर्मेन्द्र दाहाल ।
हेटौँडा/पिप्ले युथ फुटवल एकेडेमीका खेलाडी संजिव अर्याल (खैरे भाई) एन्फाको यु–१४ मा छनौट भएकोमा शान्तिनगर टोलले सम्मान, बधाई तथा शुभकामना कार्यक्रम गरेको छ । सानै उमेरमा राष्ट्रिय स्तरमा छनौट भएको भन्दै स्थानीय टोलले उनलाई सम्मान गर्नुको साथमा आर्थिक सहयोग समेत गरेको छ । स्थानीय रामकुमार लामाको अध्यक्षतामा भएको कार्यक्रमा समाजसेवीहरु तुलसी रिजाल, पेमा लामा राजेन्द्र गौतम, एकेडेमीका सुविन घिमिरे, दिपेन्द्र ढकाल, लगाएतको उपस्थिती रहेको थियो ।हाल मकाउ रहेका अशोक पौडेलको तर्फबाट ५ हजार, राजिव राणा ४ हजार सहित ११ हजार २ सय ६५ रुपैँया तथा पिप्ले युथका सुविन घिमिरेले जर्सी तथा जुत्ता प्रदान गरेका थिए ।