हटियामा बालश्रम सम्वन्धि कार्यक्रम
सन्र्दभःबालश्रम मुक्त वार्ड घोषणको पुृर्व तयारी
हेटौडा उपमहानगरपालिका वार्ड न १९ हटियामा बालश्रम मुक्त वडा घोषण गर्नको लागि पुर्व तयारीको लागि सरोकारवालाहरुसँग वृहत अन्र्तकृया भएको छ । नेपालमा बालश्रमको अवस्था, बालश्रम सम्वन्धि कानुनी ब्यवस्था, बालश्रमीकहरुको स्थिति, बालश्रम मुक्त वडा घोषण अगाडि र पछाडि गर्नु पर्ने तयारी, १९ नम्वरमा बालश्रमिकहरुको अवस्था बारेमा छलफल भएको सिविन बालहेपलाइनका जिल्ला संयोजक झविन्द्र ज्ञवालीले बताए । हेटौडा उपमहानगरपालिका र सिविन नेपालको संयुक्त रुपमा आयोजीत कार्यक्रममा संयुक्त बडा कार्यालय हटियाका प्रमुख धुब्र बहादुर भुजेलले बालमैत्री नगर निर्माण गर्न बालश्रम मुक्त वडा घोषणाको तयारी भइरहेको जानकारी दिनु भयो ।
बडा नागरिक मंचका संयोजक राजु दर्लामीको अध्यक्षतामा बालश्रम अनुगमन तथा उद्धार समिति गठन भएको छ । सो समितिले बालश्रमको अवस्था अनुगमन गरी बालश्रम मुक्त वडा घोषणको मिति तय गर्ने संयोजक दर्लामीले बताए । कार्यक्रममा राजनैतिक दलका प्रतिनिधि, सहकारी बनसमिति, किशोरी, बाल क्लव, स्वास्थ्य स्वयमसेवीका, रोजगारदाता, शिक्षक विद्यालय, बालसंरक्षण समितिका प्रतिनिधि समेतको उपस्थिति रहेका थियोक ।