५० जनालाई सद्भाव छात्रबृत्ति

मनहरी–मकवानपुरका विभिन्न विद्यालयहरुमा अध्ययनरत ५० जना विद्यार्थीका लागि सद्भाव छात्रबृत्ति बितरण गरिएको छ । 
मनहरीमा आयोजित कार्यक्रममा इ आर्टस नेपालको सहयोग तथा राष्ट्रिय स्वयम्सेवकको संयोजनमा छात्रबृत्तिक बितरण कार्यक्रम भएको हो । जिल्लाको सुकौरा, बुढीचौर, मनहरी, कालि
काटार, नामटार, हाँडीखोलासहित १० गाविसका विद्यार्थीलाई प्रतिब्यक्ति ७ हजार रुपियाँ बराबरको शैक्षिक सामग्री तथा पोशाकहरु बितरण गरिएको हो । इ आर्टस्का प्रमुख सुजन श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा रेमनदास श्रेष्ठ, गैसस महासंघ मध्यमाञ्चलका सचिव आरती पाठक, गाविस सचिव मिनराज कोइराला, दिपेश घिमिरे, मधु मिजार, सञ्चारकर्मी शिवकुमार काशी लगायतको सहभागिता रहेको थियो । कार्यक्रम राष्ट्रिय स्वयम्सेवकका अनन्त बानियाँको सभाध्यक्षतामा भएको हो । 

All news in One Place