साइक्लिङमा केरुङ र बस्नेत अब्बल

मध्ये पृतनापति ट्रफी २०७३ अन्तर्गत १२ वैशाखमा नंबर ७ वाइनी अड्डा चनवन ब्यारेकमा साइक्लिङ प्रतियोगिता भएको छ । प्रतियोगिता अन्तर्गत भएको २० किलो मीटरको दुरीको स्पर्धामा ९ बाहिनी अड्डा सिन्धुलीका सिपाही निर्दल केरुङ प्रथम भएका छन् । ६ जना प्रतिस्पर्धी सहभागी प्रतियोगितामा ७ वाहिनी अड्डा चनवनका सिपाही विशाल थारु द्वितीय र ७ बाहिनीकै अमलदार राजाराम बस्नेत तृतीय भएको ७ वाहिनी अड्डा चनवनका सेनानी गुप्त बहादुर कुवँरले विकासखबरलाई जानकारी दिए ।





त्यस्तै ४० किलो मीटर तर्फको साइक्लिङ स्पार्धामा ७ वाहिनी अड्डा चनवनका प्युठ किर्तमणी बस्नेत प्रथम भए । प्रतियोगितामा ९ बाहिनी सिन्धुलीका सिपाही देवीराम जैसी द्वितीय र ९ बाहिनीकै प्युठ प्रकाश शर्मा तृतीय भए । प्रतियोगितामा जम्मा ६ जनाको सहभागिता थियो ।  प्रतियोगितामा विजयी खेलाडीहरुलाई नंबर ७ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी गणेश बहादुर कार्कीले पदक तथा प्रमाणपत्र वितरण गरे । 
सबै फोटोहरुः ७ वाहिनी अड्डा चनवनका सेनानी गुप्त बहादुर कुवँर






All news in One Place