रेडक्रसको समुदाय परिचालन सम्बन्धी तालिम सकियो

 नेपाल रेडक्रस सोसाइटी मकवानपुर शाखको अयोजनामा थाहानगरको शिखरकोटमा चार दिने समुदाय परिचालन सम्बन्धी तालिम भएको छ । 
तालिममा थाहानगर र नामटार गाउँ विकास समितिका सामाजिक परिचालक र वडा स्वयंसेवकहरु गरी २३ जनाको सहभागिता रहेको थियो । सहभागहिरुलाई रेडक्रस मकवानपुरका फिल्ड संयोजक मुक्ती घिमिरे, अमेरिकन रेडक्रसका निर्मल भण्डारी र उमा थापाले सहजीकरण गरेका थिए । 
तालिममा सहभागीहरुलाई समुदायमा भूकम्पपपछि परेको प्रभावको विषयमा छलफल गरी त्यसबाट पीडितहरुको पुनःस्थापन तथा पुनःनिर्माणका लागि योजना बनाउने विषयमा सहजीकरण गरिएको थियो । रेडक्रसले भूकम्पपीडितहरुका लागि आवास, स्वास्थ्य शिक्षा, खानेपानी तथा स्वच्छता र जीविकोपार्जनका क्षेत्रमा काम गरिरहेको छ । 

फोटो: उमा थापाको फेसबुकवालबाट ।

All news in One Place