एमालेको उद्यमशिलता प्रशिक्षण
हेटौँडा/नेकपा एमाले नगर विशेष वडा कमिटी हेटौँडा १९–२५ को आयोजनामा २ दिने उद्यमशिलता लक्षित कार्यकर्ता प्रशिक्षण कार्यक्रम सुरु भएको छ । विशेष नगर कमिटी अध्यक्ष नरहरी महतको अध्यक्षतामा भएको कार्यक्रममा एमाले मकवानपुरकी अध्यक्ष मुनु सिग्देलको प्रमुख
आतिथ्यता रहेको थियो । कार्यक्रममा एकराज उप्रेती, निर्मल गदाल, मोहनविक्रम शिलवाल लगाएतले प्रशिक्षण दिनेछन् । प्रशिक्षणमा ८० जना कार्यकर्ताहरुले प्रशिक्षण लिने जनाईएको छ । कार्यक्रममा एमाले क्षेत्र नंबर १ का इन्चार्ज कमल विष्ट, एमाले नेता भोला रुपाखेती लगाएतको उपस्थिती रहेको थियो ।