दूव्र्यशनीको उपचार गर्दै मकवानपुर रिकभरीको शाखा

‘दूव्र्यसनी रोग हो, अपराध होइन’ भन्छन् उनीहरु । मकवानपुर रिकभरी समूहको नारा नै यही हो । रोगलाई उपचार गर्न सकिन्छ र दूव्र्यसनीलाई पनि । हेटौंडाको ९ नं. वडा, सिमेन्ट रोडमा समूहको शाखा कार्यालय स्थापना गरेर दूव्र्यसनीहरुलाई उपचार कार्यक्रम शुरु गरिएको छ । 
लागु औषध तथा मादक पदार्थमा फसेका दूव्र्यसनीहरुलाई उपचार सेवा दिई पुनस्र्थापना गर्न मकवानपुर रिकभरी समूहको शाखा स्थापना गरिएको संयोजक सौजन डीसी बताउँछन् । १२ वर्षका राजु परियार एक दिन विहान ५ बजे नै डेन्ड्राइडबाट ग्रसित अवस्थामा भेटिए । अहिले उनको यही शाखामा उपचार भइरहेको छ । ‘लक्ष्यहिन जीवन बाँचिरहेका थिए, हामीले उपचार गरिरहेका छौं,’ डीसीले भने । डिसीका अनुसार उनको निशुल्करुपमा उपचार भइरहेको छ । 
मकवानपुर रिकभरीको शाखामा अहिले राजुसहित ५ जना छन् । ‘भर्खर शुरु गरेका हौं, हामी ४० जनासम्मलाई उपचार गर्न सक्छौं,’ डिसी भन्छन् । कोही  लागू पदार्थको दूव्र्यशनमा  फसेका छन् भने उनीहरुलाई उपचार गरी समाजमा पुनस्र्थापना गर्न आफूहरु तयार रहेको उनले बताए । दूव्र्यशनीहरुको उपचारका लागि शाखामा डिसीसहित बिजय हाडा,  राजिव श्रेष्ठ, राजु न्यौपाने लगायत संलग्न छन् । 
शाखा संचालनका क्रममा हेटौंडास्थित एभरेष्ट क्याफेले पाँच हजार रुपैया सहयोग गरेको थियो । सो सहयोगले टि–टेबल  र बुक ¥याक खरिद गरेको डीसीले बताए ।  त्यस्तै रवि आचार्यले आठ जोर पर्दा उपलब्ध गराएको डीसीले जनाए । 

All news in One Place