टिष्टुङमा पाँच दिने बाख्रापालन तालिम

टियर फण्डको आर्थिक सहयोग तथा एमआरसी नेपालको प्राविधिक व्यवस्थापनामा मकवानपुरकरो टिष्टुङमा पाँच दिने बाख्रा पालन तालिम २६ चैत्रबाट शुरु भएको छ । तालिममा दुईदिन सैद्धान्तिक ज्ञान किसानहरुलाई दिएपछि ३ दिन कृषकको ओरगोमा गई प्रयोगात्मक ज्ञान सहित बाख्राहरुलाई आन्तरिक परजीवी विरुद्ध औषधि खुवाउने कार्यक्रम छ । 
टिष्टुङ गाविसभरीका २५ जना बाख्रापालन गर्ने अगुवा किसानहरुको सहभागिता रहेको छ । सहभागीहरुलाई जिल्ला पशुसेवा कार्यालय मकवानपुरका कार्यलय प्रमुख वरिष्ट पशु विकास अधिकृत राम प्रकाश प्रधान र पशुसेवा केन्द्र पालुङका प्रमुख पशु विकास अधिकृत महेन्द्र प्रसाद भण्डारीले सहजीकरा गरिरहेका छन् । 
तालिम उदटन कार्यक्रममा एमआरसीको नारायण लामिछाने र बद्री बहादुर कार्की लगायतकाको सहभागिता रहेको थियो ।

All news in One Place