थाहामा प्यासिफिक भलिबल प्रतियोगिता सुरु

मकवानपुरको बज्रबाराहीमा जिल्लाकै भलिबल तर्फको ठूलो पुरस्कार राशीको प्रतियोगिता सुरु भएको छ । स्थानीय प्यासिफिक बचत तथा ऋण सहकारी संस्था बज्रबाराहीको आयोजनामा २६ चैतबाट प्यासिफिक कप भलिबल प्रतियोगिता सुरु भएको हो । लिगकम नकआउटका आधारमा हुने खेलमा निबुवाटार, बज्रबााही, टिष्टुङ्, दामन, पालुङ लगायतका दश वटा समूह सहभागिताको सहभागिता रहेको छ । 
यहि चैत ३० गतेसम्म हुने प्रतियोगिताको विजेताले ५० हजार रुपिया नगद पुरस्कार पाउनेछ । त्यस्तै, द्वितियले २५ हजार र तृतीय हुने टिमले १२ हजार पाँच सय रुपिया नगद सहित शिल्ड, प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिता उद्घाट्नका दिन आज भएको खेलमा स्वच्छन्द भैरवलाई बज्रबाराही युवा क्लवले, बागेश्वरी युवा क्लवलाई कुण्डलीदेवी सहकारीले र कालीदेवी सहकारी आग्राले इच्चङ्कु नारायण बज्रबाराहीलाई पराजित गरेको छ । 
आयोजक सहकारीका अध्यक्ष राजेन्द्र बिडारीको अध्यक्षतामा भएको उद्घाट्न कार्यक्रममा जिल्ला खेलकुद विकास समिती मकवानपुर अध्यक्ष माधव तिमल्सिनाको प्रमुख आतिथ्य तथा समितीका कार्यालय प्रमुख राजन दाहाल खुसराजको विशेष आतिथ्यता रहेको थियो । 

All news in One Place