जनताको मन जित्न सडक खन्दै काँग्रेस

मकवानपुरको थाहा नगरपालिका वा नंबर १२ मा एक किलोमिटर मोटरबाटो निर्माण गरिएको छ । स्थानीयबासीको ७५ हजार रुपिया र नेपाली काङ्ग्रेसको २ लाख आर्थिक सहयोग गरी २ लाख ७५ हजार रुपियाँको लागतमा ग्रामिण कृषि सडक निर्माण गरिएको काङ्ग्रेसका स्थानीय नेता राजभाई गोपालीले बताए । 
मोटरबाटो निर्माणपछि त्यसक्षेत्रको कृषि उत्पादनलाई बजारसम्म लैजान सहजता मिलेको उनको भनाई छ । मोटरबाटो निर्माण गरिएको खुसीयालीमा डोजर चालकलाई पैसाको माला लगाएर अबिर जात्रा समेत गरिएको थियो । 
स्मररण रहोस् कुलेखानी जलाधार क्षेत्रमा डोजर लगाउन नपाइने जिल्ला विकास समिति मकवानपुरको १७ औं परिषद्ले निर्णय गरेको थियो । 

All news in One Place