नारि दिवस मनाइयाे

थाहा नगरमा भएकाे अाजकाे ¥याली

पुस्कल गाेले। फाखेल
गिक समानताका लागि पाइला हाराहारी : सन २०३० सम्ममा हिस्सा बराबरी भन्ने मुल नाराका साथ फाखेलमा महिला अधिकारका प्रतीकका रुपमा संसार भरी मनाइले नारी दिवस भब्यताका साथ मनाइएको छ ।
नारी सीप सिर्जना केन्द्र र अक्फामको सहयोगमा कार्यक्रम को आयोजना गरिएको हो । १०६ औ अन्तराष्ट्रिय नारी दिवसको अबसरमा आयोजित महिला अधिकार बिषयक बक्तृत्वकला प्रतियोगितामा सुजना बलामी प्रथम प्रमिता लामा दोस्रो यस्तै अन्जु कार्की तेस्रो र सबिता गुरुङ चौथो भएका छन् । नारी सीप सिर्जना केन्द्र हेटौंडाको आयोजना मा फाखेल को विभिन्न वडामा संचालित १० वटा छलफल केन्द्रमा सहभागी महिलाहरुले कार्यक्रममा सहभागीता जनाएका थिए । साथै सोही अबसरमा छलफल केन्द्र सञ्चालनमा सहयोग पुर्‍याउनेहरुलाइ समेत सम्मान गरेको थियो । कार्यक्रममा नेकपा एमाले क्षेत्रीय कमिटी उपाध्यक्ष जीवनलामा गाउँ स्तरीय महिला सन्जालका अध्यक्ष मन्जु रुम्बा महाचुनी कृषि सहकारी संस्थाका अध्यक्ष धनराज महर्जन महाचुनी उच्छ माबी का शिक्षक शान्तलाल लामा लगायतले नारी दिवस अनि महिला अधिकारका बारेमा बोल्नु भएको थियो । फाखेलमा बिगत दुई बर्ष यता नारी सीप सिर्जना केन्द्रको आयोजनामा नारी दिवसको कार्यक्रम आयोजना हुदै आएको छ ।
यसै विच अाज थाहा नगरमा पनि पालुङ बहुउद्देश्यीय सहकारी संस्थाले पानि नारी दिवसकाे अवसरमा कार्यक्रम गरेकाे छ । साथै निष्पक्ष यूवा समूहकाे सक्रियतामा प्लान नेपालले पनि ¥याली गरेकाे छ । 

थाहा नगरमा भएकाे अाजकाे ¥याली

All news in One Place