नयाँ शक्तिको मनहरी गाउँ परिषद् गठन
हेटौँडा/नयाँ शक्ति नेपाल मकवानपुर क्षेत्र नम्बर ४ अन्तर्गत सोमबार मनहरी गाउँ परिषद् घोषणा गरिएको छ । लिला राज सुनारको सभाध्यक्षतामा भएको भेलाले मान बहादुर स्याङतानको संयोजक रहने गरि २१ सदस्यिय अन्तरिम मनहरी गाउँ परिषद् गठन गरिएको हो । नव गठित परिषदको सदस्यहरु सञ्चराम प्रजा, नियम राज गिरी, बिकेन्द्र गोले, राममाया सुनार, राजेन्द्र घिमिरे, हरिबहादुर नेपाली, आत्मराम विक, काजीमान बिक लगायत रहेका छन् ।
नयाँ शक्ति नेपाल केन्द्रिय अन्तरिम परिषद् सदस्य सोनाम सिं स्याङतानको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा निबन्ध लामा, शेरबहादुर पहरी, विवेक वाइवा, प्रकाश मैनाली लगायतको आतिथ्यता रहेको थियो । भेलाले मनहरी गाविस क्षेत्रमा चैत्र महिना भित्रा सदस्यता फारम वितरण, संगठन विस्तार, प्रशिक्षण गर्ने निर्णय गरेको जिल्ला सचिवालय सदस्य लिलारज सुनारले जानकारी दिए ।