थाहामा आए फोहोरमैला व्यवस्थापन अधिकृत
थाहा नगरपालिका कार्यालयमा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले फोहोरमैला व्यवस्थापन अधिकृत खटाएको छ । मन्त्रालयको फोहोर मैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्रले स्वयंसेवक फोहोरमैला व्यवस्थापन अधिकृतको रुपमा न्यूटन महर्जनलाई खटाएको हो ।
चैत ३ गतेबाट असाढ मसान्तसम्मका लागि नगरको फोहोरमैला एवं वातावरण व्यवस्थापनको काम गर्नका लागि अधिकृत महर्जनलाई खटाएको हो । महर्जनको सेवा अवधिमा थाहा नगरपालिकाले अनुगमन तथा मूल्याङ्कन गर्नेछ ।
