स्थायी सडक निर्माणमा दलहरुको जोड

हेटौँडा/हेटौडाको सामरी पुलदेखि आमभन्ज्याङ सम्म पुग्ने सहिद बासुदेब मार्ग स्थायीत्व गरी निर्माण गर्नका लागि त्यहाँका दलहरुले आग्रह गरेका छन् । जिल्लाको क्षेत्र नंबर २ अन्तरर्गत निर्वाचन क्षेत्र विकास कार्यक्रमबाट प्राप्त रकमलाई भरपुर सदुपयोग गरेर अब स्थायी बाटो निर्माण गर्न तर्फ त्यहाँको नेकपा एमाले, नेपाली काग्रेस, एकीकृत माओवादी र राप्रपा नेपाल लगायतका दलहरुले जोड दिएका हुन् । 
उनिहरुले दुई छुट्टा छुट्टै पत्रकार समेलन गर्दै सामरी खोलाबाट सुरक्षित हुनेगरी सडक निर्माण गर्नका लागि जोड दिएका हुन् । आमभन्ज्याङमा एमाले तथा कांग्रेस, एकीकृत माओबादी र राप्रपा नेपालmे पत्रकार समेलन गर्दै अहिले प्राप्त बजेटबाट सडक दिगो बनाउनका लागि आफुहरु लागिपरेको बताएका हुन् । एमालेको पत्रकार समेलनमा बोल्दै २ नंम्बर क्षेत्रिय अध्यक्ष बिदुर हुमागाईले बासुदेब मार्गलाई अहिले सम्ममा प्राप्त भएको ठुलो रकमलाई भरपुर सदुपयोग गरेर खोलाबाट भन्दा पनि भित्ताबाट स्थायी सडक निर्माण गर्नका लागि आफुहरुको पहल रहेको बताए। यसभन्दा अगाढी थोरै रकम मात्र प्राप्त भएपनि अहिले भने धेरै रकम प्राप्त भएकाले पहिलेकै ट्रयाकमा सडक निर्माण गर्नका लागि डिभीजन सडक कार्यालय र ठेकेदारलाई दबाब दिएको उनको भनाई रहेको छ । यता नेपाली काग्रेस आमभन्ज्याङका सभापति एटबहादुर बस्नेतले सामरी पुलबाट आमभन्ज्याङ जाने बाटोमा पुल नजिकै खोलापटि गएको र सडकमा पर्ने क्रसर उद्योग हटाउनु पर्ने बताए ।

All news in One Place