क्रान्तिकारीको जिल्ला सम्मेलन

हेटौँडा/विप्लब निकट नेकपा माओवादीको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(क्रान्तिकारी) को २० औ जिल्ला सम्मेलन साेमबारबाट हेटौँडामा हुने भएको छ । सम्मेलनको विषयमा जानकारी दिने हेटौँडामा गरिएको पत्रकार सम्मेलनमा बोल्दै २० औ जिल्ला सम्मेलन आयोजक समितीका सदस्य समेत रहेका प्रल्लाद गौतमले साेमबारबाट हुने सम्मेलनमा जिल्लाभरका उच्चमावि तथा क्याम्पसबाट २ सय २० प्रतिनिधि तथा ५० जना परिवेक्षक सहभागि हुने बताए । 
अनेरास्ववियु (क्रान्तिकारी)का केन्द्रीय उपाध्यक्ष लालबहादुर तामाङको प्रमुख आतिथ्यतामा हुने सम्मेलनले २१ सदस्यीय जिल्ला कमिटी निर्माण गर्ने उनले बताए । कार्यक्रममा बोल्दै सम्मेलन आयोजक कमिटीका संयोजक रोशन भुलनले सम्मेलनको सम्पूर्ण तयारी पुरा भएको बताए ।हेटौँडा क्याम्पसमा हुने सम्मेलनले मकवानपुरे विद्यार्थी आन्दोलनमा नयाँ उचाई थप्ने उनले विश्वास ब्यक्त समेत गरे ।

All news in One Place