नयाँ शक्तिमा ११ अन्तरिम परिषद सदस्य थप

हेटौँडा/नयाँ शक्ति नेपाल मकवानपुरको अन्तरिम जिल्ला परिषद सदस्य थप गरिएको छ । चैत्र १२ गते बसेको सचिवालय बैठकले ११ जना जिल्ला परिषद सदस्य मनोनित गरेको हो । उनीहरुलाई  आईतबार हेटौँडा ४ स्थित पार्टी कार्यालयमा एक कार्यक्रमकाबिच केन्द्रीय परिषद सदस्य सोनाम सिं स्याङ्तानले सपथ ग्रहण गराएका थिए । थप भएका सदस्यहरुमा प्रेम शंकर गौतम,जयराम सुवेदी, सुर्य छुमी, गिरिजा अधिकारी, अमृत बर्तौला, संग्राम बल,सन्तोष उप्रेती,दुधालाल घलान,खिला प्रसाद घिमिरे,रचना मगर र विपिन सुवेदी रहेका छन् ।
सपथ ग्रहण कार्यक्रम संगठन बिभाग प्रमुख शेर बहादुर पहरीले सञ्चालन गरेका थिए । कार्यक्रममा अन्तिरिम जिल्ला परिषदका राजनीतिक बिभाग प्रमुख ज्योती रायमाझी, सचिवालय सदस्यहरु मिहिन बहादुर लामा,सुवोध रिमाल,कार्यालय सचिव राजेन्द्र सिंखडा लगायत उपस्थित थिए । कार्यक्रम अन्तरिम जिल्ला परिषद संयोजक प्रल्हाद लामिछानेको सभाध्यक्षतामा भएको थियो ।

All news in One Place