मार्खु पुनः खुल्ला दिसामुक्त घोषणा


मार्खु/ मकवानपुरको उत्तरी क्षेत्रमा पर्ने मार्खु गाविसलाई पुनः खुल्ला दिसामुक्त क्षेत्र पुर्नस्थापना घोषणा सभा गरिएको छ । बैशाख १२ र २९ गतेको भुकम्पले भत्केका २ सय ४५ वटा शौचालयहरु पुर्ननिर्माण गरि सकेपछि पुनशः खुल्ला दिशामुक्त गाबिस घोषणा गरिएको हो । भुकम्पले मार्खु गाविसका २ सय ४५ वटा शौचालयहरु भत्केको थियो । प्लान नेपाल र राडो नेपालको सहयोगमा भत्केका शौचालयहरु निर्माण गरिएको हो ।  

डिभिजन खानेपानी कार्यालय हेटौँडाका प्रमुख सुरेश महाजुले मार्खु गाविसलाई खुल्ला दिसामुक्त क्षेत्र पुर्नस्थापना घोषणा गरेका थिए ।  ७ सय ३५ घरधुरी मार्खु गाविसको भुकम्पले ६ सय ३५ घरधुरी पुर्ण रुपमा क्षतिग्रस्त वनाएको थियो । मार्खुवासीले भुकम्पले भत्केका घरहरुको पुर्ननिर्माण नगरेपनि शौचालय भने निर्माण गरेका छन् । शौचालय निर्माण गर्न प्लान नेपालको सहयोगमा राडो नेपालले  प्रतिघरधुरी एक हजार रुपैयादेखि ५ हजार रुपैयासम्म सहयोग गरेको थियो । मार्खु गाविसलाई २०६७ जेठ १४ गते खुला दिसामुक्त क्षेत्र घोषणा गरेको थियो भने मकवानपुरलाई २०७०  साउँन ४ गते खुल्ला दिसा मुक्त घोषणा गरिएको थियो । 

कार्यक्रममा डिभिजन खानेपानीका प्रमुख महाजुले भूकम्पका कारण जिल्लामा ७ हजार शौचालयमा क्षती पुगेको बताए । जिल्लालाई भूकम्प पुर्व खुल्ल दिसा मुक्त भनिएपनि अब पुर्न नि
मार्ण नगरी भन्न सक्ने अवस्था नरहेको बताए । भूकम्पले क्षेती पु¥याएको १४  जिल्ला मध्य पुर्ननिमार्णमा जुटी पूर्ण खुला दिशा मुक्त हुने पहिलो गाबिसको रुपमा उभिएकोमा मार्खुबासीलाई बधाई दिएका थिए । मार्खु पछि अब कुलेखानीलाई पुनः खुल्ला दिसामुक्त क्षेत्र पुर्नस्थापना घोषणा सभा गरिने भएको छ । राडोले स्थानिय मार्खु महिला सहकारी मार्फत प्यानमात्र फुटेकालाई १ हजार ५ सय, शौचालय घर भत्केकालाई २ हजार ५ सय,  सेफ्टी ट्याङकी भत्केकालाई २ हजार ५ सय, कच्चीलाई ३ हजार ५ सय र  भूकम्पले पुर्ण क्षेती भएकालाई निमार्णका लागि ५ हजार रुपियाँ सहयोग गरेको छ ।

खुल्ला दिसामुक्त क्षेत्र पुर्नस्थापना घोषणा सभाको गाविस सचिव विश्वराज लामाको सभापतित्वमा भएको कार्यक्रममा प्लान नेपाल मकवानपुरका प्रमुख नेत्रप्रसाद उपाध्याय, पत्रकार महासंघका पुर्व केन्द्रिय सदस्य प्रताप बिष्ट, दलहरुकोतर्फवाट नेपाली काग्रेसका कुलवहादुर केवी, राडो नेपाल मकवानपुरका कार्यक्रम संयोजक दिपेन्द्र पाठक, वडा नागरीक मञ्चका अध्यक्ष जमानसिंह वाइवा, संगिता भ्लोन लगायतले मन्तव्य राखेका थिए ।

All news in One Place