इस्टर ¥याली
हेटौँडा/पाष्टर एकता जागृति अभियान दक्षिणभेग हेटौंडाले इस्टर सन्डेका अवसरमा अाइतबार हेटौंडामा इस्टर ¥याली निकालेको छ । यशु ख्रिष्ट मृत्यु भएको तीन दिन पछि जिवित हुनुभएकाले आपसमा खुसी साटासाट गरी मनाउने प्रचलन अनुसार इस्टर सन्डे मनाइएको हो । हेटौंडाको बुद्घचोकबाट सुरु भएको ¥यालीले हेटौंडा नगर परिक्रमा गर्दै पुन: बुद्घचोकमा आएर कोणसभामा परिणत भएको थियो । जागृति अभियानका अध्यक्ष पाष्टर जीवन शाहको अध्यक्षतामा भएको कार्यक्रममा रातोमाटे पवित्र चर्चका पाष्टर दीपक तितुङ्ले यशुलाई विश्वास गरे नाश नहुने तर जीवन पाउने बताउनुभयो । कार्यक्रममा पाष्टर सूर्यप्रकाश राई, पाष्टर अभिषेक उप्रेती, पाष्टर मोहन शाह लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा पाष्टर एशोसिएसन मकवानपुरका अध्यक्ष मानबहादुर लामा, पाष्टर एशोसिएसन मकवानपुरका संस्थापक अध्यक्ष रेभरेण्ड भानुभक्त भोलन, मकवानपुर इसाई समाजका सचिव पाष्टर मिलन सेढाईं, इपीएम मकवानपुरका संयोजक रुवेन राई लगायतको उपस्थिती रहेको थियो ।
