राष्ट्रिय संगितकर्मी संघ मकवानपुरमा गौतम

हेटौँडा/ मकवानपुरका संगितकर्मीहरुको भेलाले रामप्रसाद पौडेलको अध्यक्षतामा ९ सदस्यीय मकवानपुर जिल्ला तदर्थ समिती निर्माण गरेको छ । संघका केन्द्रीय अध्यक्ष नवराज घोरासैनी तथा केन्द्रीय प्रतिनिधि घमेस दुलालको आतिथ्यतामा  पौडेलको अध्यक्षतामा समिती निर्माण गरिएको हो । 

समितीको उपसंयोजकमा माधव खनाल, सचिवमा सुनिल केसी, सहसचिव प्रलय चौलागाई तथा कोषाध्यक्षमा हिरा चौलागाँई चयन भएका छन् । सदस्यहरुमा राजकुमार गौतम, निलकण्ठ गौतम, राजेश्वर दाहाल तथा  विक्रम दाहाल चयन भएको जनाईएको छ । तथर्द समितीलाई दुई महिना पश्चात भब्य भेलाको आयोजना गरि पूर्ण जिल्ला समिती निर्माण गरिने सहसचिव चौलागाँईले बताए ।

All news in One Place