एमाले क्षेत्रिय प्रशिक्षण थाहानगरमा : भट्टराई र भूषाल आउनुहुने

नेकपा एमालेको २ नंबर क्षेत्रिय प्रशिक्षण कार्यक्रम २९ फागुनमा थाहा नगरको जेसीज सभाहलमा विशेष कार्यक्रम सहित संचालन हुने भएको छ ।
नेकपा एमाले २ नंबर निर्वाचन क्षेत्रले संचालन गरेको तीन महिने अगुवा कार्यकर्ता प्रशिक्षण अभियानको समापन कार्यक्रम सहित प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको नेकपा एमाले जिल्ला सचिवालय सदस्य तथा २ नंबर क्षत्रिय इन्चार्ज विष्णुप्रसाद ढकालले बताए ।
अभियान समापन तथा प्रशिक्षण कार्यक्रममा नेकपा एमालेका सचिव योगेश भट्टराई, उपसचिव घनश्याम भूषाल, मकवाननपुर जिल्ला इन्चार्ज विरोध खतिवडा आउनुहुने कार्यक्रम रहेको ढकालले बताए । 
एमालेले २ नंबर निर्वाचन क्षेत्रमा तीन महिनासम्म गाउँ, नगर तथा वडाहरुमा अगुवा कार्यकर्ता प्रशिक्षण अभियान नै संचालन गरेको थियो । २९ फागुनमा हुने भेलामा २ नंबर निर्वाचन क्षेत्रका एमाले अगुवा कार्यकर्ताहरुको सहभागिता रहने २ नंबर क्षत्रिय सचिव बिमलकुमार ढकालले बताए । कार्यक्रम विहान ११ बजे शुरु हुनेछ । 

All news in One Place