शुक्रवार २१ लाख २३ हजारको कारोबार : राष्ट्रिय औद्योगिक ब्यापार मेला
मकवानपुर उद्योग बाणिज्य संघको आयोजनामा फागुन २० गते विहीबारदेखि जारी राष्ट्रिय औद्योगिक ब्यापार मेलाको नवौें दिन शुक्रबार ५ करोड २१ लाख २३ हजारको कारोबार भएको र सबैभन्दा बढी अटोको कारोबार भएको मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष तथा मेला संयोजक राजकुमार न्यौपानेले बताए ।
नवौंदिन शुक्रबार ३८ हजार ७ सय ४२ जना दर्शकले मेला अवलोकन गरेको अध्यक्ष तथा मेला संयोजक न्यौपानेले बताएका हुन ।
शुक्रबार चर्चित राष्ट्रिय हास्यकलाकारद्वय जिरे खुर्सानी टिम शिवहरि पौडेल तथा किरण केसीको नेपाली र इण्डियन पुलिस रोलमा बेजोड हास्यब्यङ्ग्यले दर्शकहरुलाई पेट मिचिमिचि हाँस्न बाध्य बनाएका थिए । त्यस्तै चर्चित गायिका तथा डान्सर ज्योति मगरको गीतमा बृद्धदेखि युवासम्मको आकर्षण देख्न सकिन्थ्यो । त्यस्तै एकखुट्टाबाट दर्शकहरुको अपार मन जित्न सफल रोमा न्यौपानेको नृत्य, अनु ढकालको चर्चित गायन, हेटौंडेली गायक कोशिष क्षेत्रीको गीतमा मेला हेर्न आएका दर्शकहरु मन्त्रमुग्ध्न भएको देख्न सकिन्थ्यो ।
त्यसैगरी स्थानीय कलाकारहरु अञ्जु गौतम, नेत्र पन्त, पार्वती भुजेलको गायनले गीत गाएर दर्शकहरुको मन जित्न सफल भएका थिए भने मुकेसको क्यारिकेचर, लक्ष्मी स्याङ्तान, फिउजन डान्स सेन्टर, कलिउड डान्स सेन्टर, तलेजु डान्स सेन्टरका कलाकारहरुले नृत्य प्रस्तुत गरेका थिए ।
मेलामा हेटौंडा अस्पतालले ५५ जनालाई निःशुल्क सेवा दिएको छ । १५ जनाको प्राथमिक उपचार, ३३ जनाको ब्लडप्रेसर र ७ जनालाई औषधी वितरण गरेको हेटौंडा अस्पतालकी अहेव बिमला केसीले बताए । त्यस्तै चुरेहिल अस्पताल प्रालि, युनियन ड्रग हाउस र नेपाल रेडक्र सोसाईटी साधारण चेकअप, औषधी वितरण र ब्लडप्रेसर चेकजाँच गरेको छ । जिल्ला कृषि कार्यालयले जिल्लामा उत्पादन विभिन्न कृषि उपजहरु प्रदर्शनीमा राखिएको छ । मेलामा सूचनाप्रविधि सम्बन्धी विभिन्न मोवाइल, कम्प्युटर र इन्टरनेटसम्बन्धी सामाग्रीहरु प्रदर्शनीमा राखिएको उद्योग वाणिज्य संघका महासचिव तथा प्रवक्ता महेन्द्र राउतले बताए ।
मेलाको आकर्षणको रुपमा एनिमेट्रोनिक डाइनोसर, माँ बैष्णव मन्दिर, बालउद्दान, चिडियाखाना, अटोको प्रदर्शनी, खानाका विभिन्न परिकारका साथै अटो, हर्वल, महिला उद्दमी, घरेलु, रेडिमेड, विभिन्न बैंकको बैकिंङ सेवा, आइस्क्रिमका साथै कृषि कार्यालयले जिउँदो माछा तथा कृषि उत्पादनहरु प्रदर्शनीका लागि राखिएको छ भने खानाका नौलो परिकार चाख्नेहरुको पनि भीड उत्तिकै रहेको थियो । राष्ट्रिय औद्योगिक ब्यापार मेला २० गतेबाट ३० गतेसम्म चल्नेछ ।
भोली शनिबार आउने कलाकारहरु
१) शिव परियार
२) सञ्जिव क्षेत्री
३) रेश्मा सुनुवार
४) पशुपति शर्मा