महा शिवरात्रीकाे दिन झम्केश्वरी मन्दिर उद्घाटन हुने
यम कुमार वाइवा/
थाहा नगरपालिका वडा नं. १ मा अवस्थित झम्केश्वर महादेव मन्दिर महाशिवरात्रीको दिन समुदघाटन हुने भएको छ । शिवलिंग मात्रै रहेको स्थानमा विभिन्न व्यक्ति तथा संघ संस्थाबाट सहयोग जुटाई मन्दिरको निर्माण गरिएको हो । मन्दिरको समुदघाटन अर्चना बाबाले गर्नुहुने आयोजक समितिले जानकारी गराएको छ । झम्केश्वर मन्दिर निर्माण समितिले अघिल्लो वर्ष नै मन्दिर निर्माण कार्य सम्पन्न गरेता पनि त्यसको विधिवत उदघाटन भएको थिएन । शिवरात्री कै दिन समुदघाटन समारोहमा उपस्थित हुन तथा प्रसाद ग्रहण गर्नको लागि आयोजक समितिले सबैमा निमन्त्रण पनि गरेको छ ।

स्कन्द पुराणको केदार खण्डको माघ महात्मामा वर्णन गरे अनुसार सतिदेवीको पिठ पतन भएको पवित्र ठाउँमा झम्केश्वर महादेवको उत्पत्ती भएको धार्मिक विश्वास रहिआएको छ ।