धेरै माेबाइल प्रयाेग गर्नुहुन्छ सावधान: डा. भगवान काेइराला
हिजोआज मोबाइल साथमा नहुने मानिस कमै होलान् ।
फोन गर्न मात्र नभएर इमेल, इन्टरनेट चलाउन, गेम खेल्न पनि मोबाइलको प्रयोग धेरै हुन्छ । तर मोबाइल
फोनको प्रयोग धेरै गर्दा यसले स्वास्थ्यमा हानी पुर्याउँछ । वरिष्ठ डाक्टर
भगवान कोइरालाका अनुसार मोबाइलको अति प्रयोग वा अव्यवस्थित प्रयोग मानव
स्वास्थ्यका लागि हानिकारक भएको अध्ययनहरुले देखाएका छन् । अनुसन्धानकर्ताहरुले
मोवाइलबाट निस्कने इलेक्ट्रोम्याग्नेटिक रेडिएसनले स्वास्थ्यमा नराम्रो प्रभाव
पार्ने बताएका उहाँको भनाई छ । त्यसैले मोबाइल फोन चलाउँदा धेरै कुरामा ध्यान दिनुपर्छ
। मोबाइल चलाउनेहरुलाई डाक्टर कोइरालाको सुझाव यस्तो छ :
१. मोबाइलल
फोन कम्तिमा पनि २ देखि ७ इन्च पर राख्नुस् र कुरा गर्दा सकेसम्म लाउड स्पिकर
मोडमा राख्नुस् । यसो गर्दा इलेक्ट्रोम्याग्नेटिक रेडियसनहरु मष्तिस्कमा जान
पाउदैन ।
२. राती
सुत्दा मोबाइललाई स्वीच अफ गरी करिव १।८ मीटर पर राख्नुस् ।
३.मोबाइल
खल्तीमा राख्दा कि प्याडलाई आफूतिर फर्काएर राख्नुस् ताकि त्यसको एन्टिना तपाइदेखि
पर होस् ।
४. गर्भवती
हुँदा मोबाइल फोनको प्रयोग नगर्नुस् । किनकी यसको असर विकसित हुँदै गरेको बच्चामा
इलेक्ट्रोम्याग्नेटिक रेडियसनले नराम्रोसंग असर गर्न सक्छ ।
५. धातुका
कोठाहरु जस्तो कि गाडी, एलिभेटर, हवाइजहाज, रेल आदिमा मोबाइलबाट निस्कने रेडियसनको परिमाण
बढ्ने हुँदा यस्तो स्थानमा मोबाइल प्रयोग नगर्नुस् ।
६. इयरफोन, हेडसेटको
प्रयोग नगर्नुस् किनभने यसबाट निस्कने रेडियसनको प्रभाव कान नजिक मोबाइल फोन
ल्याँउदा हुने रेडियसनको प्रभाव भन्दा तीन गुणा बढी हुन्छ ।
७. पन्ध्र
वर्ष भन्दा कम उमेर समुहका बालबलिकालाई मोबाइलफोन चलाउन नदिनुस् किनभने उनीहरुको
बिकसित मस्तिष्कमा रेडियसनको धेरैनै नराम्रो प्रभाव पर्छ । अनुसन्धानकर्ताहरुले यो
पनि भनेका छन कि क्यान्सरबाट हुने बालबालिकाको मृत्युको दोस्रो कारण मस्तिष्कको
क्यान्सर ट्यूमर भइसकेको छ र यसको हुनुको पछाडी मोवाइलको अव्यवस्थित प्रयोग हो ।
८. मोबाइल
फोनलाई भर्खर जन्मिएका बच्चादेखि टाढा राख्नुस् बालबालिकाको तालु पातलो हुनेहुँदा
रेडियसन उनीहरुको मस्तिष्कबाट छिटो प्रशारण भई मस्तिस्क क्यान्सरको संभावना बढाउछ
।
९. फोनलाइ
पाइन्टको खल्तीमा सकेसम्म नराख्नुस यसले तपाईँको प्रजनन् क्षमता घटाउछ । मोबइललाइ
मुटु नजिक पनि नराख्नुस् यसले मुटुको धड्कनलाई प्रभाव पर्छ । यसबाहेक मोवाइल
किन्दा SAR (Specific Absorption Rate) हेर्नुस् । जति कम SAR उतिनै
राम्रो हुन्छ । अनुसन्धानकर्ताहरु भन्छन तपाईँ फोनमा दुई मिनेट कुरा गर्दा तपाईँको
मस्तिष्कको प्राकृतिक बिद्युतिय गतिबिधि एक घण्टा सम्म प्रभावित हुन्छ ।
(डा. कोइरालाको फेसबुक पेजबाट)
