औद्योगिक ब्यापार मेलाको तयारी अन्तिम चरणमा :: ५० करोडको कारोबार हुने अपेक्षा
धर्मेन्द्र दाहाल।
हेटौँडा/मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा फागुन २० गतेबाट हेटौँडामा हुने राष्ट्रिय औद्योगिक ब्यापार मेलाको तयारी अन्तिम चरणमा पुगेको छ । मेला आयोजक मकवानपुर उद्योग वाणिज्य संघले मंगलबार मेला स्थल हुप्रचौरमा पत्रकार सम्मेलनको आयोजना गरि यो वर्ष मेलामा ५० करोडको कारोवार हुने अपेक्षा ब्यक्त गरेको छ ।
मकवानपुर जिल्लामा सबारी ब्यवासीहरु धेरै रहेकोले सबारीको पनि ब्यापार हुने भन्दै कारोबार ५० करोड हुने अपेक्षा आयोजकले गरेको हो । पत्रकार सम्मेलनमा बोल्दै मकवानपुर उद्योग वाणिज्य संघ हेटौँडाका अध्यक्ष राजकुमार न्यौपानेले यो वर्ष मेलामा ६ लाखले अबलोकन गर्नै अनुमान गरिएको बताए । ४ सय वटा स्टल रहने मेलामा यो वर्ष अझ नयाँ कुराहरु देख्न पाईने आयोजकले जनाएको छ ।
आयोजकको अनुसार यो वर्ष मेलामा बैष्णब देबीको मन्दीर, डाईनोसरको अवस्था लगाएतको नयाँ विषय पनि समेटिएको छ । त्यसैगरी हेटौँडा आईडलको निरन्तरता पनि रहेको आयोजकले जनाएको छ । मेला आयोजनामा ८० लाख अर्च हुने जनाउँदै आयोजकले यो वर्षपनि मेलामा राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुती रहने जनाएको छ । मेलामा यो वर्ष २१ वटा औद्योगिक स्टल, ६ वटा हस्तकलाका स्टल, २३ वटा होटल, १७ वटा अटो, २६ वटा आईटी सहित ४ सय स्टल रहने छन् । यसैगरी सहयोगको ५ वटा स्टलहरु, बैंक तथा इन्सुरेन्सको ५, शैक्षिक ५, खेल १४, कृषि २०, स्वास्थ्य ६, जुत्ता ५०, अधिकृत विक्रेता ४० स्टलहरु रहने जनाईएको छ । मेलामा यो वर्ष मकवानपुसरमा निकै लोप्रिय भएको चटपटेको पनि १० वटा स्टल रहने संघले जनाएको छ ।
मेलाले उद्यमी तथा उपभोक्ताको सोझो सम्पर्क स्थापित गर्ने, औद्योगिक पर्यटनलाई बढवा दिने, निकासयोग्य वस्तुको पहिचान गर्ने लगाएतको उदेश्य रहेको अध्यक्ष न्यौपानेले बताए ।। मेलाले मकवानपुरको सामग्रीलाई बाहिरी जिल्लामा समेत पहिचान गर्न सघाउ पु¥याउने आयोजकले दाबी गरेको छ ।
