इश्वरीको अवलोकन भ्रमण

मकवानपुरको आमभञ्ज्याङ् ७ मा रहेको इश्वरी प्राथमिक विद्यालयका विद्यार्थीहरुले आज मकवानपुरको पर्यटकीय क्षेत्रमा अवलोकन भ्रमण गरेका    छन् । विद्यालयका विद्यार्थीसंगै विद्यालय व्यवस्थापन समिती, शिक्षक अभिभावक संघ, बालक्लवका प्रतिनिधी लगायतले मकवानपुरको हेटौंडास्थित सहिद श्मारक, पुण्यक्षेत्र र कुष्माण्ड सरोबर त्रिवेणीधाममा अवलोकन भ्रमण गरेको विद्यालयका प्रधानाध्यापक अभिमन्यू गौतमले जानकारी दिनुभयो ।  बद्री दाहालको संयोजनमा भएको अवलोकन भ्रमणले विद्यार्थीहरुलाई शैक्षिक तथा अतिरिक्त ज्ञान प्राप्त हुने विद्यालय व्यवस्थापन समितीका कृष्णप्रसाद हुमागाईंले बताउनुभयो ।

All news in One Place