हेटौंडा आइडलमा टिकट र निर्णायक भोटिङबाट दुई बाहिरिए

मकवानपुर उद्योग बाणिज्य संघको आयोजनामा फागुन २० गते विहीबारदेखि जारी राष्ट्रिय औद्योगिक ब्यापार मेलाको नवौं दिन शुक्रबार टिकट भोटिङ र निर्णायकको मुल्यांकनको आधार दुई प्रतियोगी बाहिरिएका छन् । शुक्रबार १० प्रतिस्पर्धीहरुमध्येबाट टिकट भोटिङ र निर्णायकहरुको भोटिङको आधारमा लक्ष्मी स्याङतान र विजय लामा बाहिरिएको संयोजक दीपक शर्मा ढकालले बताउनुभयो ।

शुक्रबारसम्म छनोट भएकाहरुमा मनमाया वाइबा, दिपेश श्रेष्ठ, राजकुमार विक, दिपराज केसी, ध्रुव पण्डित, रोशन सुनार, हृदयश बस्नेत र मिग्मा लामा छनोट भएको संयोजक ढकालले जानकारी दिनुभयो ।
हेटौंडा आईडलको निर्णायकहरुमा शेखर सन्तोष, सुनिता विर्लाकोटी र इश्वर खड्का रहनुभएको छ । भोली शनिबार टिकट भोटिङ र निर्णायकहरुको भोटिङको आधार ३ प्रतियोगी बाहिरिएर टप पाँच छनोट गरिने संयोजक ढकालले जानकारी दिनुभयो । 

All news in One Place