थाहामा अाँखा शिविर : ३७६* जनाकाे अाँखा परिक्षण

हेटौडा सामुदायिक आखा अस्पतालको प्राविधिक सहयोग तथा लायन्स ब्लब अफ हेटौडा सिटी, हेटौडा बजार लायन्स क्लब र लायन्स क्लब अफ हेटौडा बजार ग्रीन सिटिको आयोजनामा शुक्रबार थाहामा निःशुल्क आखा शिविर भएको छ । थाहा नगरपालिकाको प्राथमिक स्वास्थ्य केन्द्रमा भएको शिविरमा ३७६ जनाको आखा परिक्षण गरिएको छ । जसमध्य ३५ जनामा मोतियाविन्दुको रोगी भेटिएको र उनीहरुलाई शुक्रबार नै निशुल्क उपचारको लागि हेटौडा पठाईएको छ । शिविरमा संस्थाले निःशुल्क अाैषधि पनि वितरण गरेकाे छ । 

शिविरमा पालुङ जेसिज वर्ष १६ का अध्यक्ष शिब कुमार खत्री , १० का अध्यक्ष सुरेन्द्रमान प्रधान, कानुनी सल्लाहकार विजय श्याम अमात्य , महासचिब अनित के.सी. र मोबाईल एसोसियसन अफ नेपाल उत्तरी क्षेत्रका अध्यक्ष विजय मल्ल लगायतको उपस्थिति रहेको थियो । 
जनक लामा/थाहा नगर
*सच्याइएकाे 

All news in One Place