बाल संरक्षण र लैंगिक हिंसा सम्बन्धि तालिम सम्पन्न

प्लान ईन्टरनेशनल नेपालको आर्थिक सहयोग तथा निष्पक्ष यूवा समूहको आयोजनामा भएकाे बाल संरक्षण र लैंगिक हिंसा सम्बन्धि २ दिने तालिम शुक्रबार बज्रबाराहीमा सम्पन्न भएको छ । प्लान ईन्टरनेशनल मकवानपुरका कार्यक्रम इकाइ प्रबन्धक नेत्र उपाध्यायको प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा प्लान ईन्टरनेशनल मकवानपुरका जेण्डर तथा बाल अधिकार कार्यक्रम संयोजक राम खत्री र बाल संरक्षण संयोजक रमेश ठकुरीले तालिमको सहजीकरण गरेका थिए । 
निष्पक्ष युवा समूहका अध्यक्ष निराजन गोपालीले सञ्चालन गर्नुभएको कार्यक्रममा उत्तरी मकवानपुरका सिस्नेरी, मार्खु, फाखेल, आग्रा, गोगने र थाहा नगरपालिका अन्तरगतका ३ वडा सेवा केन्द्रका सचिवहरुको सहभागिता रहेको थियो ।
जनक लामा/विकासखबर

All news in One Place