थपलिया: पुनर्निर्माण प्राधिकरणको प्रवक्ता

सहसचिव रामप्रसाद थपलिया राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रवक्ता हुनु भएको छ । २९ वर्षअघि निजामती सेवामा प्रवेश गर्नु भएका थपलियाले त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन र जनप्रशासनमा स्नातकोत्तर गर्नु भएको छ । 
उनले यसअघि सुनसरी, सर्लाही, कैलाली, महोत्तरी, उदयपुर, मकवानपुर र धनुषामा प्रमुख जिल्ला अधिकारी भइ काम गर्नु गरेका थए । यस्तै थापासँग पश्चिमाञ्चाल क्षेत्रीय प्रशासक कार्यालयको सहप्रशासक भई जिम्मेवारी सम्हालेको अनुभव छ । यसअघि प्राधिकरणमा सुरेश अघिकारी प्रवक्ता थिए । उनी सरुवा भई सूचना तथा सञ्चार मन्त्रालयमा जानु भएपछि प्राधिकरणले थपलियालाई प्रवक्ता तोकेको  हो । 

All news in One Place