फेसबुक दुरुपयोग गर्ने हेटाडौंमा पक्राउ

सामाजिक सञ्जाल फेसबुकमा साथी बनेर दुव्र्यवहार गर्ने एकजनालाई मकवानपुरमा प्रहरीले पक्राउ गरेको छ । हेटौंडा नगरपालिका वडा नंबर ८ कमाने बस्ने निरज कुमार चौधरीलाई प्रहरीको केन्द्रीय अपराध अनुसन्धान ब्यूरो (सिआइबी) ले पक्राउ गरेको हो । निरजबाबा उपनामले चिनिने चौधरीलाई सिआइबीले हेटौंडाको बुद्धचोकबाट पक्राउ गरेको जनाएको छ । चौधरीले काठमाडौंको एक रेष्टुरेन्टमा लगेर नशालु पदार्थ खुवाई ती युवतीको अश्लिल फोटो खिचेको सिआइबीले जनाएको छ। 
चौधरी साउदी अरव रोजगारीको शिलशिलामा बस्दा नै काठमाडौंमा एक युवतीसँग फेसबुकमार्फत चिनजान भएको र पछि साउदीबाट काम छाडेर आएपछि युवतीसँग उनको हिमचिम बढेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ । 
पक्राउ परेका चौधरीलाई बिद्युतीय कारोबार ऐन, २०६३  अनुसार मुद्दा दायर गरी कार्वाही गरिनेछ । यस्तो गतिविधीमा संलग्न व्यक्तिलाई १ लाख रूपैया सम्म जरिवाना वा ५ वर्ष सम्म कैद वा दुवै सजाय हुन सक्ने कानुनी प्रावधान रहेको छ । 

All news in One Place