छोटो मार्ग एक महीना बन्द: त्रिभुवनराजपथबाट गुड्दै
मकवानपुरको हेटौंडाबाट फाखेल हुँदै काठमाडौं जाने छोटो दुरीको सडक १२ चैत्र बाट एक महिनाका लागि बन्द भएको छ । सडक मर्मत गर्नुपर्ने भएकाले यातायातका साधनहरुको आवत–जावत बन्द गरिएको हो । यसैगरी ललितपुरको दक्षिणकाली–सिस्नेरी–हेटौंडा सडक पनि बन्द भएको छ । अहिले सो सडकको स्तरोन्तीको काम भइरहेको छ ।