बिर्खे अञ्जानलाइ वत्तु विनी साहित्य पुरस्कार प्रदान गरिने
नेपाली भाषा,साहित्यका क्षेत्रमा बिगत दुई दशकदेखि अनवरत सेवा गर्दै अाएका कवि समालोचक बिर्खे अञ्जानलाइ दाङ साहित्य सँस्कृति प्रतिष्ठान दाङबाट वत्तु विनी साहित्य पुरस्कार प्रदान गर्ने भएको छ। प्रतिभा छनोट समितिका सदस्यहरू नवराज रजौरे,भवानी न्यौपाने भावना र छविकिरण वली तथा दाङ साहित्य सँस्कृती प्रतिष्ठानको आजको बैठकको निर्णयले अञ्जानलाइ पुरस्कृत गर्ने भएको हो ।
बिर्खे अञ्जान मकवानपुरको उत्तरी क्षेत्रमा रही साहित्यको सँस्थागत विकासमा लामो समयदेखि सक्रिय छन् । पालुङ साहित्य परिषद्को समेत अध्यक्ष रहेका अञ्जानका ४ वटा सँयुक्त कृर्ति सहित अवसान सपना कविता सङ्ग्रह र शल्यक्रिया समालोचक सङ्ग्रह प्रकाशित छन् । काव्य वाचन, स्रष्टा सम्मान र पुरस्कार वितरण समारोह यही चैत २० गते सम्पन्न हुनेछ।उक्त कार्यक्रममा २ जना स्रष्टालाइ सम्मानित गरिनुको साथै अन्य ११ जनालाई विभिन्न पुरस्कार प्रदान गरिने जानकारी छविकिरण वली र भवानी न्यौपाने भावनाले जानकारी दिए ।