पाथिभराको अन्र्तक्रिया : आकश्मिक कर्जाको व्याज नलाग्ने
मकवानपुर थाहा नगरपालिका वडा नंंबर ४ मा रहेको पाथिभरा बचत तथा ऋण सहकारी संस्था लिमिटेडका संचालकहरुको अन्तरक्रिया कार्यक्रम फाँटबजारमा सम्पन्न भएको छ । अन्तरक्रिया कार्यक्रममा सहकारीको कार्य समिति, लेखा समिति, ऋण उपसमिति, शिक्षा उपसमिति तथा सदस्यहरुसंग सहभागी भएका थिए ।
कार्यक्रममा संस्थाले हालसम्म गरेका कार्यक्रमको समिक्षा तथा भावी कार्यक्रमको विषयमा संचालकहरुबीच वृहत्त छलफल भएको थियो । अन्तरक्रियामा संस्थाको १० औं वार्षिकोत्सवको अवसरमा २०७३ वैशाख १ गते सहकारीको सेवा क्षेत्रका विपन्न तथा जेहेन्दार १० जना बाल सदस्यहरुलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ । अन्तरक्रिया कार्यक्रमको अवसरमा संस्थाले १ लाखसम्मको आकश्मिक ऋण लगानी गर्ने छलफल भएको थियो । यसलाई सहकारीले तत्काल कार्यान्वयन गर्ने जनाएको छ । आकस्किम ऋण सहकारीका सदस्यहरुलाई विरामी, दैवी प्रकोप लगायतको आपत् पर्दा मात्र प्रदान गर्ने सहकारीले जनाएको छ । आकश्मिक ऋण सदस्यहरुले लिँदा एक महीनाको ब्याज समेत नलाग्ने भए पनि एक प्रतिशत सेवा शुल्क मात्र लाग्ने सहकारीका व्यवस्थापक राजाराम कार्कीले जानकारी दिए ।
संस्थाका अध्यक्ष अर्जुनबहादुर कार्कीको सभाध्यक्षतामा भएको कार्यक्रममा संस्थाका कार्यसमिति सदस्यहरु, लेखा समिति संयोजक गंगा नेपाल, ऋण उपसमितिको संयोजक जीवन वस्नेत, शिक्षा उपसमितिका संयोजक हरिशरण रायमाझी लगायतको उपस्थिती रहेको थियो ।

