बज्रवाराहीमा उद्घोषण तालिम

थाहा नगरपालिकाको बज्रवाराहीमा पालुङ जेसिजको आयोजनामा एकदिने प्रभावकारी उद्घोषण कला तालिम भएको छ । पालुङ जेसीज वर्ष २०१६ का अध्यक्ष शिवकुमार खत्रीको सभाध्यक्षतामा भएको तालिममा बज्रवाराही क्षेत्रका ३५ जनाको सहभागिता रहेको थियो । सहभागीहरुलाई पालुङ जेसिज वर्ष २०१० का अध्यक्ष सुरेन्द्रमान प्रधानले प्रशिक्षण दिएका थिए । 
तालिम बज्रवाराहीको साना किसान सहकारी संस्थाको हलमा भएको हो । तालिममा प्रभावकारी उद्घोषणका लागि आवश्यक गुण, शैली लगायत विषयमा सिकाइएको थियो । तालिममा सहभागी भएपछि बोल्ने कलाको विकास हुनने विश्वास लिइएको छ । 
तालिममा संचार संयोजक रुपक कालिराज, वर्ष २०१६ का उपाध्यक्ष संगिता बलामी, वर्ष २०१५ का कानुनी सल्लाहकार भुमिराज अवस्थी र वर्ष २०१५ का महासचिब विजय श्याम अमात्य लगायतको उपस्थिति रहेको थियो । 

All news in One Place