रेडक्रसको अभिमुखीकरण सकियो
नेपाल रेडक्रस सोसाइटी मकवानपुरको आयोजनामा भूकम्प प्रति कार्य कार्यक्रम सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । १३ चैतमा थाहा नगरको विकास घरमा भएको कार्यक्रममा थाहा नगरपालिकाका विभिन्न राजनीतिक दल, संघसंस्था सामाजिक परिचालक लगायतकाको सहभागिता रहेको थियो । कार्यक्रममा नेपाल रेडक्रस ससोसाइटी मकवानपुर शाखाले संचालन गर्ने कार्यक्रमको विषयमा रेडक्रसका भूकम्प पुर्नलाभ कार्यक्रम संयोजक न्यौपाने र फिल्ड संयोजक मुक्ति घिमिरेले सहजीकरण गरेका थिए ।
कार्यक्रममा रेडक्रसले मकवानपुरमा २ हजार ५ सय २७ परिवारलाई न्योनो कपडा वितरण गरेको जानकारी गराइएको थियो । रेडक्रसले मकवानपुरको भूकम्प पछिको पुर्ननिर्माणमा गर्ने योगदानको विषयमा पनि फिल्ड संयोजक घिमिरेले जानकारी गराएका थिए । रेडक्रसले मकवानपुरमा ६ सय भूकम्प पीडितको लागि घर निर्माण गर्ने जनाउँदै उत्तरी क्षेत्रमा गोगने, खैराङ, डाँडाखर्क, नामटार गाविस र थाहा नगरपालिका क्षेत्रका कार्यक्रम संचालन गर्ने कार्यक्रम संयोजक न्यौपानेले बताए । रेडक्रसले मकवानपुरमा आवास निर्माण, खानेपानी, सरसफाई तथा स्वच्छता, स्वास्थ्य शिक्षा र जीविकोपार्जन सम्बन्धी काम गर्ने संयोजक न्यैपानेले बताए ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा मकवानपुरको पुर्नलाभ कार्यक्रमका सामाजिक परिचालक नविन कार्कीले संचालन गरेको कार्यक्रममा सामाजिक परिचालकहरुको उपस्थिती थियो । कार्यक्रममा थाहा नगरपालिकाका संयूक्त वडा केन्द्र पालुङ, दामन र बज्रवाराहीका सचिवहरु क्रमशः दिनेश महर्जन, पाल्साङ लामा र सुनिल लामिछानेको तथा नेपाली काँग्रेसका नवराज कार्की, एकीकृत माओवादीका हरिशरण कार्की, नेकपा एमालेका ज्ञानेश्वर ढकाल, नेपाल रेडक्रस सोसाइटी उपशाखा पालुङका सभापति केदार प्रसाद विडारी लगायतकाको उपस्थिती रहेको थियो ।