श्रृष्टी र अनमोलको गाजलुु जेठ २१ मा

काठमाडौं, ११ चैत्र । पछिल्लो समय नेपाली सिने नगरीमा निक्कै चर्चामा रहेका नायक अनमोल केसीको गाजलुु २०७३ सालको जेठ २१ गतेबाट अल नेपाल रिलिज हुने भएको छ । वर्षको एउटा फिल्म मात्रै रिलिज गर्ने घोषणा गरेका अनमोलको ड्रिम्स फिल्म चलेको समयान्तरलाई हेर्ने हो भने गाजलुु ३ महिना मात्रको अन्तरालमा लाग्ने भएको छ । तथापि वर्षका हिसावले १ वर्ष नै हुने छ ।
‘होस्टेल, ‘जेरी’, ‘ड्रिम्स’ जस्ता हिट फिल्म नेपाली फिल्म उद्योगलाई दिईसकेका अनमोलले गाजलुुमा पूर्व मिस नेपाल श्रृष्टी श्रेष्ठ, सलोन बस्नेत, गौरव पहारी लगायतका कलाकारसँग स्क्रिन शेयर गर्ने छन् । रोहित अधिकारीले निर्माण गरेको चलचित्रलाई हेमराज वीसीले निर्देशन गरेका हुन् । हेमराजले अनमोललाई लिएर बनाएको यो तेश्रो चलचित्र हो

All news in One Place