भेला सम्पन्न
हेटौडा । एकीकृत नेकपा (माओवादी) मकवानपुर हेटौडा उपमहानगरपालिकाको १९,२०,२१ र २२ को संयुक्त वडा स्तरीय कार्यकर्ताहरुको भेला सम्पन्न भएको छ । राम बहादुर नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीको ३ न.ं क्षेत्रीय संयोजक ललित घलान प्रमुख अतिथि रहनुभएको थियो। भेलाले १९ मा गोपी प्रसाद पुडासैनी, २० मा माधव लाल श्रेष्ठ, २१ मा नारायणप्रसाद ढकाल र २२ मा राम बहादुर नेपालीलाई संयोजकमा चयन गरेको छ । कार्यक्रममा अतिथिहरुमा सागर बानिया, डा. सम्राट तुम्बाहाङ्फे, देवराज अधिकारी, गंगा श्रेष्ठ लगायतका रहनुभएको थियो ।
