दबुमा पुनः श्रेष्ठ
हेटौंडा/ नेवाः पत्रकार राष्ट्रिय दवु मकवानपुरको अध्यक्षमा पुनः सुरेश श्रेष्ठ चयन भएका छन् । शनिबार हेटौंडामा भएको प्रथम जिल्ला अधिवेशनले श्रेष्ठको नेतृत्वमा नयाँ समिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा अशोकसुजन श्रेष्ठ, सचिवमा रञ्जिता डंगोल, कोषाध्यक्षमा रोजिन श्रेष्ठ र सदस्यमा रोशन श्रेष्ठ र अजिता नगरकोटी छन् । नेवाः पत्रकार दवुका केन्द्रीय अध्यक्ष श्रीकृष्ण महर्जनको प्रमुख आतिथ्य एवम् सल्लाहकार सुरेशकिरण मानन्धरको विशिष्ट आतिथ्यमा अधिवेशन भएको हो ।
नेवाः पत्रकार राष्ट्रिय दबुका सल्लाहकार सुरेशकिरण मानन्धरले जातीय समावेशीताका अवधारणा आधुनिक प्रजातन्त्र भएको उल्लेख गर्दै सञ्चारक्षे त्रमा सम्बन्धित जाती य समूहको उपस्थिति र क्रियाशीलता प्रभावकारी हुने स्पष्ट पारे । कार्यक्रममा नेवाः पत्रकार राष्ट्रिय दबु काठमाडौं जिल्ला समिति उपाध्यक्ष रेखा शाक्य, ललितपुर जिल्ला समिति सदस्य वुद्धरत्न शाक्य, नेवाः सा“स्कृतिक पुचः अध्यक्ष विष्णुगोपाल महर्जन, ज्यापु महागुथी हेटौंडा नगर समिति अध्यक्ष विष्णुलाल महर्जनको उपस्थिति थियो ।