आग्रामा नारी दिवस मनाइयो

मकवानपुर आग्राको डाँडाबासमा रहेको कुटेश्वरी महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा अन्तरक्रिया कार्यक्रम गरी १०६ औं अन्तराष्ट्रिय महिला दिवस मनाइएको छ । बालकल्यण समाज मकवानपुर, आग्रा गाउँ विकास समिति र कुटेश्वरी महिला सहकारीको संयूक्त आयोजनामा अन्तरक्रिया कार्यक्रम भएको हो । 
कार्यक्रममा सहकारी तथा स्थानीय संघसंस्थामा आवद्ध भएका ६३ जनाको सहभागिता रहेको थियो । सहभागीहरुलाई बालकल्यण समाज मकवानपुर सुपरभाइजर बिरबहादुर थापाले सहजीकरण गरेका थिए । कार्यक्रममा सहभागीहरुलाई नेपालको संविधान २०७२ मा व्वस्था भएका बाल तथा महिला अधिकारका सवालहरु, बाल विवाह विरुद्ध र बाल दुव्र्यवहार विरुद्धको कानूनी व्यवस्थाको विषयमा सुपरभाइजर थापाले सहजीकरण गरेका थिए ।
कार्यक्रममा कुटेश्वरी महिला तथा बचत सहकारी संस्था लिमिटेडकी अध्यक्ष काइँलीमाया गोले लगायतकाले मन्तव्य व्यक्त गरेका थिए । 

All news in One Place