अनेमसंघको अध्यक्षमा पार्वती राना *
धर्मेन्द्र दाहाल ।
हेटौँडा/ नेकपा एमाले निकट अखिल नेपाल महिला संघको १२ औ जिल्ला अधिवेशनले पार्वती रानाको अध्यक्षतामा ३५ सदस्यीय जिल्ला कमिटी निर्वाचित गरेको छ । अधिवेशनले उपाध्यक्षमा मेनुका दाहाल, सचिवमा जुना दाहाललाई चयन गरेको एमाले नेता तथा १२ औ जिल्ला अधिवेशनकी अध्यक्ष मण्डल अध्यक्ष विष्णु ओझाले जानकारी दिईन् । अधिवेशनले सदस्यहरुमा ओमकुमारी आचार्य, विष्णु तिमल्सिना, ललिता अधिकारी दाहाल, रेखा खतिवडा, शर्मिला विक, बुद्धकुमारी माझी, मञ्जु भोलन, रिता ठकुरी, सान्नानी अधिकारी, ज्ञानी लामा, श्रमिक लामा, वेगम बराल, सरस्वती बर्तौला, सिता अधिकारी, सिता विष्ट, रुक्मणी स्याङ्तान, ओनिमीयाँ थिङ, अनिता साहा, पानीमीरा राना, विष्णुमाया रुम्वा, पविना गुरुङ, सुन्तलीमायाँ प्रजा, मिना अर्याल, मेनुका देबी पौडेल, सुमित्रा काफ्ले, तुलसा विष्ट, कल्पना विश्वकर्मा, सपना परियार, गायत्री सुवेदी, चमेली लामा, भगवती पुडासैनी तथा मिना लामा निर्वाचित भएका हुन् ।
निर्वाचन मण्डलका ओझा सहित श्रीधर पोखरेल, पद्मा पौडेल, जुनेली श्रेष्ठ सहितको टोलीले बधाई ज्ञापन गरेका थिए । अध्यक्षमा निर्वाचित भएपश्चात प्रतिक्रिया दिँदै रानाले अनेमसंघलाई गाउँ गाउँमा लगरे महिला अधिकारको पक्षमा अझ शसक्त ढंगबाट लाग्ने बताईन् । नेकपा एमालेको महिला संगठनलाई मकवानपुरको मात्र नभई देशकै उत्कृष्ठ संगठनको रुपमा चिनाउन मकवानपुर जिल्ला कमिटी लागि पर्ने उनको भनाई रहेको छ ।
*यो समाचार सच्याइ पुनः प्रकाशन गरिएको छ ।
सच्याइ प्रकाशन गरिएकाे समाचार
*यो समाचार सच्याइ पुनः प्रकाशन गरिएको छ ।
सच्याइ प्रकाशन गरिएकाे समाचार