धियाँल १ मा प्रशिक्षण
धर्मेन्द्र दाहाल/
नेकपा एमालेको ३ महिने अभियान अन्र्तगत पूर्वी मकवानपुरको धियाँल वडा नं १ मा प्रशिक्षण कार्यक्रम तथा वडा कमिटी निर्माण भएको छ । एमाले बैकल्पीक जिल्ल सदस्य प्रेम बहादुर डिमडुमको प्रमुख आतिथ्यतामा भएको प्रशिक्षण कार्यक्रममा क्षेत्र नं १ का अध्यक्ष नारायणप्रसाद तिमल्सीना, क्षेत्रीय सदस्य बुद्ध लोप्चन, गाउँ कमिटी अध्यक्ष पोतेलाल स्याङ्तान, गाउँ कमिटी सदस्य कुन्साङ लोप्चन लगाएतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा लेखबहादुर मुक्तानको अध्यक्षतामा १५ सदस्यीय वडा कमिटी चयन गरिएको छ । कमिटीको उपाध्यक्षमा हिराबहादुर स्याङतान, सचिव योगबहादुर घलान तथा उपसचिवमा मिलन मुक्तान चयन भएका छन् ।