बृहत् साहित्य गोष्ठी हुने

धर्मेन्द्र दाहाल/
झरना साहित्यिक परिवार, मकवानपुरको आयोजनामा आफ्नो स्थापनाको २३ औ वर्ष प्रबेशको अवसरमा यही फागनु १५ गते पुर्वी मकवानपुरको छतिवन स्थित महेन्द्र उच्चमाविमा २ सयऔँ साहित्य श्रृङ्खलाको रुपमा बृहत् साहित्य गोष्ठीको आयोजना गर्ने भएको छ । 
विगत २२ वर्षदेखि प्रत्येक वर्ष फागुन महिनामा परिवारले बृहत् साहित्यिक गोष्ठी गर्ने गरेको छ । कार्यक्रममा विरगञ्जका पत्रकार तथा साहित्यिक ब्यक्तित्व जगदिश शर्माको सम्मान गरिने आयोजकले जनाएको छ । गोष्ठीमा प्रतियोगितात्मक रचना वाचन पनि गरिने छ । कार्यक्रममा नारायणी अञ्चलका सबै जिल्लाबाट प्रतिनिधि साहित्यकारहरुको उपस्थिती रहने परिवारका सचिव चिरञ्जीवी लामिछानेले बताए ।



All news in One Place