विद्यालयलाई फर्निचर तथा स्टेशनरी सहयोग
मास्टरपिस नेपाल तथा गोर्खा नेपाली समाज मिडवे केन्टको सहयोगमा धादिङ जिल्लाको गोगनपानी ७ पैरेमा रहेको श्री हिमालचुली प्राथमिक विद्यालयलाई डेक्स बेच्न तथा आवश्यक शैक्षिक सामाग्रीहरु हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । भुकम्पपछि पूर्ण रुपले क्षेती भएको उक्त विद्यालयमा विद्यार्थीहरु भुईमा नै बसेर अध्ययन गरिरहको थिए । मास्टरपिस नेपालले शिक्षाको पूर्वाधार भाग ११ अन्तर्गत यस विद्यालय र विद्यार्थीहरुलाई आवश्यक सामाग्री प्रदान गरेको जनाएको छ ।
गोर्खा नेपाली समाज मिडवे केन्टका प्रतिनिधि, मास्टरपिस ने

पालको प्रतिनिधि, विद्यालय व्यवस्थापक अभिभावक तथा विद्यार्थीहरुको उपस्थितीमा सो कार्यक्रम आयोजना गरिएको थियो । सोही अवसरमा गोर्खा नेपाली समाज मिडवे केन्टका प्रमुख भिम राईले आफुहरु बिदेशमा रहे पनि नेपालको सुख दुःखमा निरन्तर सहयात्री रहेको र आफ्नो गाँउ समाज अनि समुदायको लागि आफुहरको तर्फवाट सक्दो क्रियाशिल रहेको बताएका थिए । स्कुल ब्याग, स्कुल विद्यालय पोशाक तथा स्टेशनरी सामाग्री प्राप्त गरे पश्चात विद्यार्थीहरु पनि निकै खुसी भएका थिए ।
मास्टरपिस नेपालले विगत लामो समय देखी ग्रामिणस्तर सरकारी शिक्षा गुणस्तरिय बनाउनको लागि आफ्नो बिभिन्न खाले कार्यक्रमहरु संचालन गरिरहेको छ । "हाम्रो अभियान जारी छ हाम्रो तर्फवाट हुन सक्ने र आफुले सहयोग जुटाएर हुन सक्ने विद्यालय भवन निर्माणको काम, छात्रबृत्ति, शैक्षिक सामाग्री वितरण तथा शिक्षक विद्यार्थीहरु लाई आवश्यक तालिम लगाएको कामलाई निरन्तरता दिने क्रियटिभ डाईरेक्टर पुनम खड्गी बताइन् ।"

