मकवानपुरका भूकम्प पीडितलाई ३५ करोड ७० लाख
वैशाख १२ को भूकम्प र त्यसपछिका पराकम्पनका कारण पीडित बन्न पुगेका मकवानपुरका नागरिकलाई हालसम्म ३५ करोड ७० लाख रुपियाँ बितरण गरिएको छ ।
२१ हजार एकसय ३६ पूर्णक्षति भएका तथा १९ हजार सातसय ३५ आंशिक क्षति भएकालाई रकम बितरण गरिएको छ । उनले न्यानो कपडाका लागि छ करोड रुपियाँ बितरण गरिसकिएको बताए ।
जिल्ला प्रशासन कार्यालयमा उजुरी र गुनासो दर्तापछि सोका आधारमा पुन तथ्यांक संकलनका लागि २१ गाविस र हेटौंडा र थाहानगरमा गरी एकसय ६१ जना प्राविधिकसहितको टोली परिचालन गरिएको थापाले बताए । ‘प्राविधिक अभावका कारण १४ गाविसमा टोली परिचालन गर्न सकिएको छैन,’ थापाका अनुसार अझ ५४ जना इञ्जिनियरआवश्यक छन् । ‘थप प्राविधिक जनशक्ति आएपछि बाँकी १४ गाविसमा टोली परिचालन गरिनेछ,’ उनले कारबाहीमा पर्ने डरले राहत रकम बुझिसकेका दश जनाले आफूले बुझेको रकम फिर्ता गरिसकेको जानकारी दिए । उनले भूकम्प पीडितको क्षेत्रमा हालसम्म भएका कार्यहरुबारे जानकारी गराएका थिए ।
कार्यक्रममा पीडितले सरकारले घर निर्माणका लागि उपलब्ध गराउने रकमबारे बुझ्न नसक्दा अन्यौलको अवस्था सिर्जना भएको गुनासो गरे । उनीहरुले पुनर्निर्माण कार्यका लागि दिने भनिएको दुईलाख रुपियाँबारे आफूहरु स्पष्ट हुन नसकेको बताए । ‘भूकम्प पीडितलाई राहतस्वरुप सरकारले प्रदान गर्ने रकमबारे प्रष्ट पार्नु आवश्यक छ,’ उपस्थित भएकाहरुले एकै स्वरमा भने ।
सहायक प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले पुनर्निर्माणका लागि कुन संस्थाले मकवानपुरमा कति रकम लिएर आए भन्नेबारे प्रशासनमा बिवरण नभएको बताए । ‘कुन गैरसरकारी संस्थाले काम गरिरहेका छन् । त्यो पनि थाहा छैन । एक साताभित्र सम्पूर्ण गैरसरकारी संस्थालाई हालसम्मको काम र बजेट तथा आगामी कार्ययोजनासहित प्रशासनमा सम्पर्क राख्न आग्रह गरिसकेकाछौं,’ उनले भने । उनका अनुसार गैरसरकारी संस्था महासंघलाई पनि यस विषयमा समन्वय गर्न आग्रह गरिसकेको बताए । समन्वय अभावका कारण हालसम्म आग्रा र टिष्टुङमा राहत रकम बितरण गर्न नसकिएको सहायक प्रजिअ कार्कीको भनाइ छ ।
इन्सेक मकवानपुर प्रतिनिधि प्रताप बिष्टको सभाध्यक्षता रहेको कार्यक्रममा राडो नेपाल तथा गैसस महासंघ मकवानपुर अध्यक्ष कृष्ण धितालले भूकम्प पीडितको पुनर्निर्माणका लागि टियर फण्डको सहयोगमा राडोले ती दुई गाविसमा १३ करोड ७६ लाख रुपियाँ खर्च गर्ने बताएका थिए । उनले जिल्लामा रहेर भूकम्प पीडितका क्षेत्रमा काम गरिरहेका गैरसकारी संस्थालाई प्रशासनको आग्रहअनुसार प्रतिवेदन बुझाउन र समन्वय गरेर अगाडि बढ्न भनेका थिए। राहत रकम बितरणका लागि जिल्लामा अझ छ करोड रुपियाँ अपुग रहेको बताइएको छ। इन्सेक मकवानपुरले बुधबार हेटौंडामा आयोजना गरेको भूकम्प पीडितको राहत तथा पुनर्निर्माणका सवाल विषयमा आयोजित सार्वजनिक सुनुवाइमा जिल्ला विकास समितिका सामाजिक विकास अधिकृत रामकृष्ण थापाले भूकम्प पीडितको पुनःलगत संकलन माग गर्दै ११ हजार १६ वटा उजुरी दर्ता भएको जानकारी दिए ।