एमाले पूर्वि नगरमा खतिवडा
धर्मेन्द्र दाहाल
नेकपा एमाले पूर्वि नगर इलाका कमिटीको प्रथम अधिवेशनले नवराज खतिवडाको अध्यक्षतमा २९ सदस्यीय कमिटी निर्माण गरेको छ । कमिटीको उपाध्यक्षमा आर के शर्मा, सचिव बोलबहादुर कार्की, उपसचिव जानकी चौधरीलाई चयन गरेको छ ।
कमिटीको दस्यहरुमा विष्णु ढुङ्गाना, शिव प्रसाद लामिछाने, नरबहादुर भ्लोन, पद्मबहादुर लो, सरस्वती बर्तौला, चन्द्र शाही, मिनप्रसाद पौडेल, बलराम अधिकारी, विजय बस्नेत, बैकुण्ठ सापकोटा, सुशिला दुलाल, भरत मैनाली, भिम तिमल्सीना, सन्तोष पौडेल लगाएतका रहेका छन् । नेकपा एमालेका केन्द्रीय सदस्य तथा नारायणी अञ्चल इन्चार्ज केदार न्यौपानेको प्रमुख आतिथ्यतामा भएको अधिवेशनमा केन्द्रीय सदस्य तथा नारायणी अञ्चल इन्चार्ज बिरोध खतिवडा, पूर्व अञ्चल सचिव तथा सांसद अनन्त पौडेल, जिल्ला अध्यक्ष मुनु सिग्देल, पूर्व जिल्ला अध्यक्ष रामेश्वर राना, रामचन्द्र राई, पूर्व प्रतिनिधि परिषद सदस्य कृष्णप्रसाद दाहाल, विष्णु ओझा, जिल्ला उपाध्यक्ष बद्री लम्साल , जिल्ला सचिव एकलाल श्रेष्ठ, जिल्ला सचिवालय सदस्य श्रीधर पोखरेल , गोपाल श्रेष्ठ, पद्मा पौडेल, जुनेली श्रेष्ठ, हरिबहादुर महत जिल्ला सदस्य नविन सिग्देल,
फुर्वा लामा, इश्वर ढुङ्गाना, सुमित्रा काफ्ले, क्षेत्रीय अध्यक्ष रघु आचार्य, पश्चिम नगर इलाका कमिटी संयोजक सालिकराम पुडासैनी लगाएतले मन्तब्य ब्यक्त गरेका थिए ।