विजुलीमाया वन श्रेष्ठ राष्ट्रिय संगित पुरस्कार मिरा राणालाई दिईने

धर्मेन्द्र दाहाल
भिम बिराग कला संगित साहित्य कला प्रतिष्ठान मकवानपुरले चर्चित गायिका मिरा राणालाई विजुलीमाया वन श्रेष्ठ राष्ट्रिय संगित पुरस्कार २०७२ बाट सम्मान गर्ने भएको छ । प्रतिष्ठानले आगामी फागुन १५ गते स्वर्गीय भिम विरागको चौथो स्मृति दिवसको अवसरमा राणालाई नगद १ लाख सहित संगित पुरस्कारबाट सम्मान गर्ने भएको हो ।
सोमबार हेटौँडामा पत्रकार सम्मेलनमो आयोजना गरि वर्ष २०७२ को  राष्ट्रिय संगित पुरस्कारबाट ४ सय भन्दा धेरै गित गाएकी राणालाई दिने निर्णय गरेको प्रतिष्ठानका अध्यक्ष तुलसी थापाले बताए । पत्रकार सम्मेलनमा बोल्दै थापाले नेपालको संगित क्षेत्रमा लामो समय विताउँदै हालसम्म पनि संगित साधानामा सक्रिय जीवनयापन गर्दै आएकी राणालाई सम्मान गर्न लागेको बताए । 
२०६४ सालबाट प्रतिष्ठानले राष्ट्रिय स्तरमा संगित साधना मार्फत योगदान दिँदै आएकाहरुलाई सम्मान गर्दै आएको छ । प्रतिष्ठानले यस भन्दा अघि संगितकार अमर गुरुङ, गाएक तथा संगितकारहरु प्रेमध्वज प्रधान, भक्तराज आचार्य, फत्तेमानराज भण्डारी, शान्ति ठटाल, दिप श्रेष्ठ तथा प्रकाश श्रेष्ठ र गत वर्ष प्रतिष्ठानले नाट्यश्वर संगित प्रशिक्षण केन्द्रलाई सम्मानित गरेको छ । 
राष्ट्रिय रुपमानै प्रख्यात रहेको सम्मानमा राष्टिय स्तरमा संगित, साहित्य तथा कलाको क्षेत्रमा योगदान पुराएका तथा हालसम्म पनि सक्रिय रहेकाहरुलाई सम्मानित गरिने गरिएको आयोजक सस्थाले जनाएको छ । 

All news in One Place