एमालेले थाहामा अभियान चलाउने

नेकपा एमालेले मकवानपुरको थाहा नगरपालिकामा व्यापक संगठन सुदृढीकरण अभियान सन्चालन गर्ने भएको छ  । फागुन १० गतेबाट शुरु हुने अभियान १४ गते सकिने एमाले थाहा नगर कमिटीका अध्यक्ष अच्युतम प्रसाद ढकालले बताए ।

शनिबार बसेको एमाले थाहा नगर कमिटीको पुर्ण बैठकले यो निर्णय गरेको  हो । एमालेले अहिले देशैभर सम्बिधान कार्यान्वयन तथा संगठन सुदृढीकरण अभियान चलाइरहेको छ। मकवानपुर क्षेत्र नं २ मा  आमभन्ज्याङबाट  फागुन १ गते अभियानको सुरुआत गरिएको थियो । 

अभियानको क्रममा वडा तहसम्म पुग्ने एमालेले योजना बनाएको छ । ´वडा-वडाका बासिन्दालाई संविधानका अन्तरवस्तुबारे जानकारी गराउँछौं ' नगर कमिटिका अध्यक्ष ढकालले भने । ढकालका अनुसार नगरपालिकामा दैनिक ३ वटा वडामा अभियान लिएर एमाले अगुवाहरु जानेछन्  ।

एमाले मकवानपुरले जिल्ला कमिटीका तर्फबाट जिल्ला कमिटी सदस्य रामचन्द्र बललाई थाहा नगर इन्चार्ज ताेकेकाे छ । राजु नापित, ठुली गाेले, केदार बल, शिशधर सुवेदी, श्यामभक्त श्रेष्ठ, घनश्याम अमात्य लगाायतले माथिल्लो कमिटीबाट अभियानमा सहभागिता जनाउने २ नं क्षेत्रीय कमिटी सचिब बिमलकुमार ढकालले बताए । अभियानमा क्षेत्रीय इन्चार्ज बिष्णुप्रसाद ढकाल, क्षेत्रीय अध्यक्ष बिदुर हुमागाई लगायत जिल्ला तथा क्षेत्रका पदाधिकारीहरुकाे सहभागिता रहने बताइएको छ । 

थाहानगरमा अभियान संचालन गर्न तयारीका लागि शनिबार बसेकाे नगर कमिटीकाे बैठकमा क्षेत्रीय इन्चार्ज ढकाल, नगर इन्चार्ज बल, क्षेत्रीय अध्यक्ष हुमागाई, ठुली गाेले, लक्ष्मी रिमाल लगाायत उपस्थित थिए ।

All news in One Place