१५ वटै वडामा एनेकपा माओवादी सक्रिय
थाहा नगरपालिकाको १५ वटै वडामा एनेकपा माओवादीको पार्टी सुदृढिकरण तथा संगठन
विस्तार अभियान अन्तरंग शनिबार वडा नम्बर १३ लिलाखेलमा वडा सम्मेलन सम्पन्न भएको छ
। एनेकपा माओवादी थाहा नगर कमिटि उपाध्यक्ष बिष्णु गोपाली, सचिव बिनोद लामा, एकीकृत अखिल नेपाल शिक्षक
संगठन मकवानपुर २ नम्बर क्षेत्रीय अध्यक्ष राजकुमार के.सी. अखिल नेपाल राष्ट्रिय
मुक्ति माेर्चाको ३ नं. प्रदेश सदस्य जमिन दियालीको उपस्थितिमा सम्मेलन भएको हो ।
आईतबार थाहा नगरपालिकाको वडा नम्बर १५ को बगर
बजारमा बिहान ८ बजे वडा सम्मेलन हुने नगर सचिव लामाले जानकारी दिनुभयो । यसैगरी सदस्यहरुमा सुकदेब बलामी, श्यामकृष्ण बलामी, न्हुच्छेनारायण बलामी, प्रेम बलामी, देशी बलामी, मिनबहादुर बलामी, चन्द्रावती बलामी, कर्णबहादुर बलामी, रुपचन बलामी, हिराकाजी बलामी, पुरुषाेत्तम बिँडारी, मोतीलाल बलामी रहेका छन्
।
सम्मेलनमा उपस्थित अतिथिहरुले पार्टीलाई बलियो
बनाउन सबै ले आ–आफ्नो क्षेत्रबाट सक्रिय हुनु पर्ने बताउनु भयो ।
