ल्होसारको अवसरमा टिष्टुङमा साँस्कृतिक कार्यक्रम
२८५२ औ टे (बाँदर) ल्होसारको अवसर पारी आज टिष्टुङ नौखण्डेमा पहिलो दिनको सास्कृतिक कार्यक्रम सम्पन्न भएको छ । नेपाल तामाङ घेदुङसंघका केन्द्रिय महासचिव कुमार लामाको आतिथ्यतामा भएको साँस्कृतिक कार्यक्रम भएको हो ।
ल्होसार मुल समारोह आयोजक समितिका संयोजक राजेन्द्रकुमार बलको सभाध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय कलाकार बद्रि पंगेनी, निमा दोङ, निर्माला घिसिङ र स्थानिय कलाकार मुक्तिनाथ उप्रेतीको प्रस्तुति रहेको थियो ।
![]() |
| फाइल फाेटाे |
दुई दिन सम्म सञ्चालन हुने साँस्कृतिक कार्यक्रममा शनिबार राष्ट्रिय कलाकार निमा रुम्बा, हास्य कलाकार केशव सापकोटा र अस्मिता बस्नेतको प्रस्तुति रहने ल्होसार आयोजक समितिका विभागिय प्रमुख किरणमान बलले बताउनु भयो ।
राजकुमार के.सी./थाहा नगर
